काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन्।
समितिले आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो। तर, उनले ८ बजे अनुपस्थित हुने जाकारी समितिलाई गराए।
समिति सभापति पवित्रादेवी निरौलाले प्रधानमन्त्रीले समितिको अपमान गरेको महसुस आफूले गरेको बताइन्।
आइतबारको बैठकमा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी), प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा छलफल हुने कार्यतालिका थियो।
समितिको बैठकमा नगएका देउवा सत्ता गठबन्धनको बैठकमा भने उपस्थित छन्। अहिले बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ।
उक्त बैठकमा एसपीपी, देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको छ।