भारत। बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ।
विमानमा १८५ यात्रु सवार थिए। विमान पटनाबाट दिल्ली आउँदै थियो।
अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको छ।
पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमलाई बताएका छन्। विमानको देब्रे पखेटामा आगो लागेको बीबीसी हिन्दीले जनाएको छ।
मानिसहरूले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए। विमानमा प्राविधिक गडबडीका कारण आगो लागेको हुन सक्ने बताइएको छ। इन्जिनियरिङ टोलीले अनुसन्धान सुरु गरेको छ।