काठमाडौं। सत्तारूढ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको बताएका छन् ।
आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने बताए।
‘आगामी चुनावमा एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ, हाम्रो निर्वाचन प्रणालीनै त्यस्तै खालको छ’, उनले भने, ‘कुनै एक पार्टीको बहुमति नआउने भएकाले हामीले मिलेरै जानूको विकल्प छैन।’
मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उनले बताए। उनले भने, ‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ। छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ। गठबन्धन गर्ने भएकोले सिटबारे पनि छलफल गर्नुपर्नेछ।’