काठमाडौँ । काठमाडौँमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो।
१८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन्।
उनीहरुको टेकुमै उपचार भइरहेको छ। गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ।