काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाको नीति र कार्यक्रमको प्रशंसा गरेका छन्।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आइतबार नीति र कार्यक्रम प्रस्तुत गरेका थिए। सोमबार सामाजिक सञ्जालमार्फत थापाले बालेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रसंशा गरेका हुन्।
उनले भनेका छन्, ‘आशा आकांक्षा असिमित हुन्छन्। यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो। तथापि काठमाडौंको समग्र विकासको निम्ति बालेन शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ। संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो।’