काठमाडौं। एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले बहराइनमाथि ८ विकेटको सानदार जीत दर्ता गरेको छ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो।
बहराइनकी ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्। नेपालकी कविता कुँवर र सबनम राईले २–२, अस्मिना कमाचार्यले १ विकेट लिइन्।
१५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै १५ रन बनायो। नेपालको जीतमा सरिता रानामगरले ४, कविता जोशीले ३ रन बनाइन्।
वर्षाको कारण खेल निर्धारित समयमा हुन नसक्दा ७–७ ओभरको झारिएको थियो।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।
आजको जीतसँगै नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। यो जीतसँगै नेपाल एक खेल अगाबै सेमिफाइनलमा पुगेको छ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।
फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्।