काठमाडौं। माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए नेपाल आयल निगमको नेतृत्व र मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए नेपाल आयल निगमको नेतृत्व र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि अस्वीकार्य रहेको भन्दै त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन्।
नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको छ। जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. १९२ पुगेको छ।