काठमाडौं। हवाई भाडा बढेको छ। वायु सेवा सञ्चालक सङ्घले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढाएको हो।
आइतबार नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै हवाई भाडा बढेको हो। यसअघि उडान हुने गन्तव्यमा १७० रुपैयाँदेखि ८४० रुपैयाँसम्म भाडादर बढेको छ।
निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. १९२ पुगेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सोमबारदेखि नै गाडी भाडा पनि बढेको थियो।
सम्बन्धित समाचारः
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
फेरि बढ्यो गाडी भाडा, कुन ठाउँको कति पुग्यो ? (सूचीसहित)