काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।
उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले बताइन् । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए ।
उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।