काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार मेयर शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।