काठमाडौँ । सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।
उनले पार्टीकै घोषणा गरेर अघिद बढ्ने या कसरी भन्नेबारे मंगलबार नै घोषणा गर्नेछन् । त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।
यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन् ।रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन् ।