काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले आज आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै छन् ।
त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन् ।
रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन् ।