काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निरोगीताका लागि योग भन्ने सन्देश जन जनमा पुर्याउन आवश्यक रहेको बताएका छन्।
८औँ अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्त्वपूर्ण रहेको बताए।
योगले पाएको विश्वव्यापी सम्मान, योग र आयुर्वेदको उद्गम भूमि नेपालका लागि अझ उत्साहको विषय रहेको उनले उल्लेख गरे।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो।
सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए भने १ सय ७० भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए।