काठमाडौं। अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ।
भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
भूकम्प १५० भन्दा बढी घाइते भएका छन्।
सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ। यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ।
भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो। जानकारीअनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको राजधानी इस्लामावाददेखि भारतसम्म महसुस गरिएको थियो।