काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दैछ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो।
बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सरकारका सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनेछन्।