काठमाडौं। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ।
उनले ०३९ मा गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७८ साल श्रावण महिनाबाट अवकाश पाउँदासम्म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ।
सोमध्ये उनले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैया गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको छ।
उनले गैरकानूनी रुपमा आर्जन गरेको रुपैयाँ पत्नी मीनादेवी झा एवं छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको पाइएको छ।
उनीहरु सबैलाई प्रतिवादी कायम आज बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिए।
केही दिनअघि नायब सुब्बा भिमकान्त भण्डारीले ४ वर्षमै ६ करोड २४ लाख रुपैयाँ भन्दा बढी कमाएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।