काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाहीमा परेका खेलाडीलाई ससम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ। प्रशिक्षणकसँग विवाद हुँदा राष्ट्रिय टोलीका १० जना खेलाडी मैदान छाडेका थिए।
मैदान छाडेपछि अनुशासन उल्लंघन गरेको भन्दै अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईलगायत १० खेलाडीलाई कारबाही गर्ने निर्णय गरेका थिए।
खेलाडीसँग सम्बन्ध सुधारका लागि एन्फाका नवनिर्वाचित कार्यसमितिले बुधबार उनीहरुको कारबाही फुकुवा गरेको हो। त्यस विषयमा छलफल र समन्वय गर्न महासचिव किरण राईलाई एन्फाले जिम्मेवारी तोकेको छ।
गत सोमबार भएको साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा विजयी भएका थिए। उनी निर्वाचित भएसँगै एन्फाको सुधारका लागि खटिने बताएका थिए।