काठमाडौं। गोरखा र कास्कीमा भूकम्प गएको छ।
गोरखाको थुमी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो भने कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो।
आज बिहान ७ बजेर २२ बजेको समयमा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ।
यसैगरी आज बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छे« गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो।