काठमाडौं। सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैंयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ।