काठमाडौं। वर्षाका कारण नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।
मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो। आइसिसीको नियमअनुसार नेपाल बाहिरिएको हो।
फाइनल शनिबार हुँदा रिजरभ डे थिएन। अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्ध भएको हो।
नेपालले टस जितेर बलिङ रोजेपछि युएईले ८२ रनको लक्ष्य दिएको थियो। तर, पहिलो इनिङ्स सकिएलगत्तै भारी वर्षा भएको थियो।
आजको खेलमा विजय भएको भए नेपाल एसिया कपमा छनोट हुने थियो। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन्।
८२ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाल समक्ष टिम हो। प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको थियो। यसअघि नेपालले खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको थियो। हङकङको एक हार नै अहिले नेपाललाई महँगो बन्यो।
आजको खेलमा आश्मिना कर्माचार्यले युएईविरुद्ध विकेट लिएकी थिइन्।