काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्दै गइरहेको छ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। बिहीबार भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो।
हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो।
पछिल्लो एक दिनमा १३ हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।
कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको जनाइएको छ।