काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।
शुक्रबार नगरसभामा काठमाडौं महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख सुनिता डंगोलले सो बजेट ल्याएको बताएकी हुन् ।
कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको छ। यो कुल बजेटको २० प्रतिशत हो। त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।
सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ।
काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो। चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो।