काठमाडौं। तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अङ्कले वृद्धि भएको छ।
नेप्से परिसूचक १३.७८ अङ्कले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अङ्क बढेको छ।
आज कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर एक अर्ब १५ करोड १२ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारभन्दा कम भएको छ।
नेप्सेका १३ उपसूचकमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ।
त्यस्तै, कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयर मूल्य पनि ८.२१ प्रतिशतले बढेको छ।
तर यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने ७.८८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्षस्थानमा छ।