काठमाडौं। पेट्रोलियम पदार्थको मुल्य घट्ने भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
उक्त निर्णयपछि पेट्रोलियम पदार्थको मुल्य घटेकोबारे जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र बडूले केहीबेरमा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
उक्त पत्रकार सम्मेलनमा पेट्रोलियम पदार्थको मुल्य घटाउनेबारेको निर्णय हुनेछ।
स्रोतका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म कर घटाउने सरकारको तयारी छ। त्यसपछि पेट्रोलियम पदार्थको मुल्य पनि घट्नेछ।
नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ। एक्कासि इन्धनको मूल्य बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो।