काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेटघाट भएको छ।
शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्।
पुकार बमले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसबारेमा पनि छलफल भएको उनले बताए। दुई नेताहरूबीच छलफल सकारात्मक भएको र सहकार्य समेत गर्दै जानेबारे छलफल भएको थियो।