काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन्।
सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।