काठमाडौँ । थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा उनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
थारुलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएकी हुन् ।
नागरिक उन्मक्ति पार्टी प्रवेश गर्न लागेका थारु थरुहट आन्दोलनका अगुवामध्येका एक हुन् । यस्तै लम्कीका व्यवसायीसमेत रहेका काङ्ग्रेस नेता नेत्र जोशी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।