काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको छ।
त्यस्तै, २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजारमा सबैभन्दा बढी कुमारी बैंकको ८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।
आज २१ कम्पनीको सेयर मूल्य १० प्रतिशत, ११ वटा कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतले बढेको छ।
धितोपत्र बोर्ड र आन्दोलनरत लगानीकर्ताबीचको सम्झौतासँगै सेयर बजारमा अप्रत्यासित उछाल आएको हो।