काठमाडौं। काठमाडौं उपत्यकाका थप २ जनामा हैजा भेटिएको छ।
नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। योसँगै उपत्यकामा ९ स्थानका १० जनामा हैजाको पुष्टि भएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार काठमाडौं उपत्यकाका डिल्लीबजार, बागबजार, कपन, थानकोट, सानेपा, बालाजु, बल्खुलगायतका स्थानका मानिसमा हैजा पुष्टि भइसकेको छ।