रौतहट। फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवसहित २१ जनाविरुद्ध डेढ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारले आइतबार विशेष अदालतमा मेयर यादव, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, बडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुसहित २१ ज्नाविरुद्ध १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाडँफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरेको थियो।
हेर्नुस् अख्तियारले दायर गरेको आरोपपत्रः