काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन्।
राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ।
यसअघि नेकपा एकीकृत समाजवादीबाट पर्यटनमन्त्री बनेका प्रेम आले र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले राजीनामा घोषणा गरिसकेका छन्।
नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै आलेलगायतका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। तर, विवादका कारण उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन्।
सम्बन्धित समाचारः
पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा