काठमाडौं। पूर्वमन्त्री तथा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको बताएकी छन्।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको र त्यसका परिणामहरू आइरहेका तथा आइरहने बताएकी छन्।
आफूले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत नरहेको दाबी उनले गरेकी छन्।
साथै, नवनियुक्त मन्त्री मेटमणी चौधरीलाई बधाई दिँदै आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह गरेकी छन्।
उनले मन्त्री हुँदा सहयोग गर्नेहरुलाई धन्यवाद पनि दिएकी छन्।
उनको पार्टी समाजवादीले पूराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाएको छ।