कैलाली। गोदावरी नगरपालिका बुडितोला क्षेत्रमा एकजना नेपाली निजामती कर्मचारीमाथि निर्घात कुटपिटसहित लुटपाट भएको छ।
सोमबार डडेल्धुराको आलिताल गाउँपालिकामा सुब्बा पदमा कार्यरत कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजी बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीमाथि तीन जना भारतीय नागरिकले निर्घात कुटपिट गरि गाडीसमेत लुटेर लगेका हुन्।
उनीहरुले भण्डारीको प्रदेश ३ –०१–२३च ८७२१ नम्बरको सिल्भर कलरको कारसहित एटीएम, नदग पैसालगायतका सबै जिन्सी तथा नगद समान लुटेका छन्।
भण्डारीलाई टाउकोमा ढुङ्गाले प्रहार गरि हात, खुट्टा र मुख बाँधेर गोदावरी नगरपालिका वडा नम्बर ४ राजमार्गबाट अन्दाजी ५०० मिटर तल झाडीमा फालिएको थियोे।
कञ्चनपुरको महेन्द्रनगरबाट ३ जना भारतीय नागरिकले तेल खर्च दिने भन्दै कैलालीको खानीडाँडासम्मका लागी लिफ्ट मागेको र गोदावरीबाट १५ किलोमिटरमाथि पहाडी रुटमा फोटो खिच्ने बाहनामा गाडी रोकेर लुटपाट गरेका हुन्।
उक्त घटनाका पीडितको उद्दार गरि उपचारका लागि प्रहरीले अत्तरिया लगेको छ।
फरार भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।