काठमाडौं। नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।
नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका राष्ट्रिय सभा सांसद गौतमले मंगलबार नयाँ पार्टी खोल्न लागेका हुन्।
केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। त्यसका लागि उनले मंगलबार ३ बजे पत्रकार सम्मेलन गर्दैछन्। उनको पार्टीको नाम नेकपा राष्ट्रिय एकता अभियान पार्टी हुने बताइएको छ।
पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए। चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो।