धनगढी । सुदूरपश्चिममा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ। मंगलबार बिहान चट्याङ लागेर कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो।
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा रोपाइँ गर्न गएका एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको रोपाइँ गर्न गएका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाकै–८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापाको मृत्यु भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। खेतमा काम गरिरहेका उनको मंगलबार बिहान चट्याङ लागेर मृत्यु भएको हो।
यस्तै, पुनर्वासमै एक महिलाले पनि चट्याङका कारण मृत्यु भएको छ। पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको चट्याङका कारण मृत्यु भएको हो। उनी पनि खेतमा काम गरिरहेकी थिइन्।
यता, कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार बिहान कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।
घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएकी छन्। उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको छ।