काठमाडौं। बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा आएको छ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालीकाबाट ३ जुद्द बरुण यन्त्र, ललितपुर महानगरपालिकाबाट–१, कीर्तिपुर नगरपालीकाबाट –१, बौद्ध रामहिटिबाट –१, नेपाली सेनाबाट –२, र नेपाल प्रहरीबाट–१ दमकल र १ वाटर क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङकर प्रयोग गरिएको थियो। साथै, १५० जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
त्यस्तै, नेपाली सेनाबाट सेनानीको कमाण्डमा १ प्लाटुन, सशस्त्र प्रहरी बल, नेपाल बिपद् ब्यवस्थापन गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक, बाघ भैरव गुल्मका गुल्मपतिसमेत ३ प्लाटुन सुरक्षाकर्मीहरु परिचालित भएका थिए।
आगलागीबाट कुनैपनि मानवीय क्षति नभएको र प्रारम्भिक रुपमा ४ देखि ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। आगोलागीको सम्बन्धमा प्रहरी बृत्त मालीगाऊले अनुसन्धान गरिरहेको छ।
मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोर भवनमा बुधबार बिहान सवा ७ बजे आगलागी भएको थियो।