रुपन्देही। बुधबार साँझ बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको उस्पतालले जनाएको छ। उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए ।
त्यस्तै ५० वर्षीय हुमबहादुर बिकको अवस्था सामान्य छ।