काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट नै नागरिक सर्वोच्चता कायम भएको बताएका छन्।
पूर्वसांसद मञ्चले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक प्रणालीको आधार स्तम्भ भएकोसमेत बताएका हुन्। ‘संसदबाट नै नागरिक सर्वोच्चता कायम भएको इतिहास छ,’ प्रधानमन्त्री देउवाले भने, ‘संसद लोकतान्त्रिक प्रणालीको आधार स्तम्भ हो।’
प्रधानमन्त्री देउवाले संघीय र प्रदेश निर्वाचन समयमै हुने बताउँदै निर्वाचन शान्तिपूर्ण हुने विश्वाससमेत दिलाए। उनले आवधिक निर्वाचनप्रति सरकारको प्रतिबद्धता दोहोर्याए।
देउवाले लोकतान्त्रिक संसदीय प्रणाली आगामी दिनमा थप मजबुत हुनेसमेत उल्लेख गरे।