काठमाडौं। सेयर बजार उच्च अंकले बढेको छ।
बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७ अंकमा कायम भएको छ। ऋाज सबै सूचकमा हरियाली छाएको छ।
बजारमा कारोबार रकम पनि बढेको छ। बजारमा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जुन बैशाखयताकै उच्च कारोबार हो।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको एकैदिन ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जसको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७७४ रुपैयाँ पुगेको छ। त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा हिमालयन डिष्टिलरी छ। दिनभरमा कम्पनीको ७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सबै सूचकमा हरियाली छाएको छ। बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे।
आज कारोबारमा आएका २ कम्पनीको मूल्य घट्दा अरु सबै १९१ कम्पनीको मूल्य बढेको छ। नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठिक १० प्रतिशत बढ्यो।