काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) पार्टीका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
भेटका लागि गौतम बिहीबार अपरान्ह ४ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए। सो क्रममा उनीहरुबीच भेटमा वाम एकीकरणदेखि चुनावी तालमेलसम्मका कुराकानी भएको बताइएको छ।
गौतमले बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए।
वाम एकताको गृहकार्यका लागि गौतमले आगामी ३ महिना विभिन्न कम्युनिष्ट नेतासँग भेटघाट र वार्ता गर्ने बताइएको छ।
नेकपा विभाजनपछि कतै नलागेका गौतमले मंगलबार मात्रै नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए।