काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । आज पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको हो ।
दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध विषयमा रहेर छलफल हुने काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।