काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार नेपाली राजदूतले पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा कतारका लागि डा. नरेशविक्रम ढकाल, चीनका लागि विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाल ले सपथ लिएका हुन्।
केही दिनअघि उनीहरु संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए। समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।