काठमाडौं। नेकपा विभाजनपछि कतै नलागेका वामदेव गौतमको दौडधुप बढेको छ।
मंगलबार नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेपछि उनको दौडधुप चलिरहेको छ।
उनले बिहीबार एकैदिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।
तीनै नेतासँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले दाबी गरेको छ। ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन्।
ओली, प्रचण्ड र नेपालसँगको भेटमा गौतमले तत्काल वाम एकता हुन नसके चुनावमा कम्युनिष्ट पार्टी मिलेर जानुपर्नेमा जोड दिएको बताइएको छ।
उनले वाम एकताका लागि गृहकार्यका लागि आगामी ३ महिना विभिन्न कम्युनिष्ट नेतासँग भेटघाट र वार्ता गर्ने बताइएको छ।