काठमाडौं। रवि लामिछानेको पार्टी दर्ता भएको छ। लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
यसअघि उक्त पार्टीको नाम स्वतन्त्र राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको थियो। ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै उजुरीमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गरिएको थियो। तर, उक्त उजुरी आयोगले खारेज गरिदिएको छ।
आयोगले लामिछानेको पार्टीले प्रस्ताव गरेको घण्टीलाई चुनाव चिन्ह घण्टीलाई नै मान्यता दिएको छ।
लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।