काठमाडौँ । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ वर्ष पुरा गरेर २५ औँ वर्षमा प्रवेश गरेको छ । आज कमलादी स्थित राष्ट्रिय प्रज्ञा-प्रतिष्ठानमा एक भव्य समारोहका बिच विद्यालयले २५ औँ वार्षिकोत्सव मनाएको हो ।
२०५५ सालमा काठमाडौँ डोन बस्को उ.मा.वि को नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहका बिच २५ औँ वर्षमा प्रवेश गरेको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुति सहित विशेष उद्घाटन समारोह आयोजना भएको थियो ।समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै, विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूको सम्मान गरेको छ । रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिने प्राचार्य रञ्जित थापाले बताए ।