मंगलसेन। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने सङ्केत गरेका छन्।
नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने उनले बताए।
बागमतीको मुख्यमन्त्री फेर्ने विषयमा मौखिक सहमतिअनुसार परिवर्तन हुने भन्दै त्यसैको तरङ्ग सुदूरपश्चिममा पनि पुगेको उनको दावी छ।
हाल बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री छन्। बागमतीमा राजेन्द्र पाण्डे र सुदूरपश्चिममा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा छन्।
सरकारी गठबन्धनले एक चक्र पार गर्नुपर्ने भन्दै सहमहामन्त्री पाण्डेले दीर्घकालीन नभए पनि तत्कालिक रणनीतिको विषय बनाएर जाने भनाइ छ। स्थानीय तहमा गठबन्धनका दलहरुले इमानदारी नदेखाएको भन्दै आगामी दिनमा प्रभावकारी बनाएर जाने भनाइ उनको छ। एमाले र माओवादी गठबन्धनभन्दा काँग्रेस र माओवादी गठबन्धन नै सही भएको धारणा राखे।
शेखर पक्षको भेलाका बारेमा सोधेको प्रश्नमा पार्टी कमजोर बनाउन नभएर विधि, विधानमा हिँडाउन, सुझाव, दवावका लागि काम गर्ने भनाइ राखे।