काठमाडौं। आफैंले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित गर्ने ५ जनालाई संयोजक वामदेव गौतमले उल्टै निकालेका छन्।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको थियो। चार शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गर्दै सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन पनि गरेको थियो।
सम्बन्धित समाचारः वामदेव गौतम पार्टीबाट निष्कासित
तर, गौतमले आफूलाई निष्कासित गर्ने ५ जनालाई शनिबार साँझै निष्कासन गरेको उनको सचिवालयले जानकारी दिएको छ।
त्यसमा हस्ताक्षर गर्नेहरुले माफी मागेर यसअघि भएको क्रियाकलाप गलत भएको भनेमा कारवाहीबारे पुनर्विचार गर्न सकिने गौतम निकट स्रोतको दाबी छ।
गौतमले असार १४ गते मंगलबार आफू संयोजक बन्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए।