काठमाडौैं। भाररतको राष्ट्रिय जनता दलका अध्यक्ष तथा बिहारका मुख्यमन्त्री लालुप्रसाद यादव घाइते भएका छन्।
सिँढीबाट खसेर घाइते भएका उनलाई पटनाको पारस अस्पतालमा भर्ना गरिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार यादव आइतबार राति आफ्नो घरको सिँढीबाट खसेका थिए, जसका कारण उनको काँध भाँचिएको र ढाडमा चोट लागेको छ।
पारस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट आसिफ रहमानका अनुसार यादवलाई आकस्मिक कक्षमा ल्याइएको थियो। त्यतिबेला काँधको चोटका कारण उनको अवस्था राम्रो थिएन। आईसीएयूमा चिकित्सकहरूले उनको अवस्थाको निगरानी गरिरहेका छन्। अहिले अवस्था स्थिर छ।
लालु यादव पहिलेदेखि नै बिरामी छन्। उनको मृगौलाको समस्या पनि छ र हालै उनले प्रत्यारोपणका लागि विदेश जाने सम्बन्धमा अदालतमा निवेदन समेत दिएका थिए।