काठमाडौं। मन्त्रिपरिषद पुनर्गठन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन्।
पुनर्गठित मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा)बाट मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार मन्त्री, प्रदीप यादव वन मन्त्री र मृगेन्द्रकुमार सिंह यादव कृषि मन्त्री बनेका छन्।
जसपाले मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाईे निरन्तरता दिँदै भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाएको थियो।
जसपाका नयाँ मन्त्रीको शपथ सोमबार अपरान्ह साढे ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छन्।