काठमाडौं। काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको गोली लागेर एक सुरक्षाकर्मीको मृत्यु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्णुकुमार केसीले दूतावासभित्र आइतबार राति नै घटना भएको बताए।
भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेको जानकारी दूतावासले दिएको छ। सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका छन्।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।